काठमाडौं । जर्मन क्लब बायर लिभरकुसेनका फरवार्ड प्याट्रिक सिकले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
बायरले बिहीबार फरवार्ड सिकले सम्झौता नवीकरण गरेको जनाएको छ ।
चेक रिपब्लिकका फरवार्ड सिक अब २०२७ सम्म बायरमा रहने छन् ।
२६ वर्षीय फरवार्ड २०२० मा रोमाबाट बायर आएका थिए ।
उनको सम्झौता २०२५ सम्म रहेको छ ।
तर, सम्झौता बाँकी रहदै उनले नवीकरण गरेका हुन् ।
गत सिजन उनले २७ खेलमा २४ गोल गरेका थिए ।