काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिगमा जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार आरसी ३२ ले रानीबन स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
आरसी ३२ को जितमा बबिन बोहरा र विवेक सन्तोषीले एक एक गोल गरे ।
रानीबनका किशन कठायतले एक गोल गरे ।
जितसँगै आरसी ३२ ले ११ खेलमा २५ अंक जोडेको छ ।
रानीबनले ११ खेलमा ११ अंक जोडेको छ ।
अर्को खेलमा स्पोर्ट्स एकेडेमी संघले मनोहरा युनाईटेडलाई ४-१ ले हराएको छ ।