मोहम्मदद्वारा सम्झौता नवीकरण
बिहिबार, १२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब आर्सनलका मिडफिल्डर मोहम्मद एल्नेनीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
प्रिमियर लिग क्लबले इजिप्टका मिडफिल्डरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
२९ वर्षीय मिडफिल्डरले आर्सनलसँग एक वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् ।
मोहम्मद सन् २०१६ मा आर्सनल आएका थिए ।
आर्सनलका लागि मोहम्मदले १ सय ४७ खेलमा ५ गोल र १० असिस्ट गरेका छन् ।
इजिप्टका लागि उनले ९३ खेल खेलिसकेका छन् ।
मोहम्मदद्वारा सम्झौता नवीकरण






-1775932166938.webp&w=3840&q=75)





