काठमाडौं । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् ।
सेन्टर ब्याक डाइकले चोटबाट मुक्त भएको र फाइनल खेलका लागि आफु पूर्णरुपमा फिट भएको बताएका छन् ।
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडविरुद्ध खेल्नेछ । पेरिसमा हुने फाइनल खेल शनिबार राति हुनेछ ।
'पक्कै पनि म पुर्णरुपमा फिट छु । कुनै समस्या छैन । शनिबारका लागि उत्साहित छु,' डच डिफेन्डर भान डाइकले भने ।
भान डाइकले गत मे १४ मा चेल्सीविरुद्धको एफए कपको फाइनलपछि खेलेका छैनन् ।
चोटका कारण उनी टिम बाहिर रहदै आएका थिए ।