काठमाडौं । जाभी अलन्सोले स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको 'बी' टिमको मुख्य प्रशिक्षक छाडेका छन् ।
सोसिडाडले एक विज्ञप्ति निकाल्दै अलन्सोले क्लब छाडेको जनाएको छ ।
सोसिडाडले अलन्सोका लागि ढोका सधै खुल्ला हुने जनाउदै धन्यवाद समेत दिएको छ ।
स्पेनका पूर्व मिडफिल्डर अलन्सोले तीन सिजन सोसिडाडको 'बी' टोली हेरेर बाहिरिएका हुन् ।
अलन्सोले सोसिडाडको 'बी' टोलीलाई ला लिगाको दोस्रो डिभिजनमा उक्लाएका थिए ।
सोसिडाड अलन्सोको पूर्व क्लब समेत हो ।
लिभरपुल, रियल मड्रिड र वायर्न म्युनिखका पूर्व प्लेमेकर अलन्सोले सोसिडाडबाट १२४ खेल खेलेका थिए ।
