कोम्पनीले छाडे एण्डरलेच्ट
बिहिबार, १२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेल्जियम क्लब एण्डरलेच्टका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीले क्लब छाडेका छन् ।
बेल्जियमको शीर्ष डिभिजन लिग क्लब एण्डरलेच्टले आपसी समझदारीमा कोम्पनीले टोली छाडेको जनाएको छ ।
कोम्पनीले एण्डरलेच्टलाई यस सिजनको लिगमा तेस्रो र बेल्जियन कपमा उपविजेता बनाएका थिए ।
उनी २०२० को अगस्टमा एण्डरलेच्टको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
उनले एण्डरलेच्टका लागि ९५ खेलमा ४३ जित दिलाएका छन् ।
त्यसअघि उनले एण्डरलेच्टका लागि खेलेका थिए ।
म्यानचेस्टर सिटीका पूर्व कप्तान समेत रहेका कोम्पनी इंग्लिस क्लब बर्नलीका मुख्य प्रशिक्षक बन्ने तयारीमा रहेका छन् ।
बर्नली यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा पर्दै च्याम्पियनसिपमा घटुवा भएको थियो ।
कोम्पनीले छाडे एण्डरलेच्ट






-1775932166938.webp&w=3840&q=75)





