मोरिन्हो तीन युरोपियन उपाधि जित्ने पहिलो प्रशिक्षक
बिहिबार, १२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्हो तीन युरोपियन प्रतियोगिताको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।
मोरिन्होले बुधबार राति रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि दिलाएका थिए । फाइनलमा रोमाले डच क्लब फिएनुर्ड एफसीलाई १-० ले हराएको थियो ।
स्पेसल वानको उपमा पाएका मोरिन्होले यस अघि च्याम्पियन्स लिग र युरोपा लिग जितेका थिए ।
मोरिन्होले एफसी पोर्टो र इन्टर मिलानलाई च्याम्पियन्स लिग जितेका थिए ।
यस्तै मोरिन्होले म्यानचेस्टर युनाईटेडलाई युरोपा लिग जितेका थिए ।
उनले पोर्टोलाई युईएफए कप समेत जिताएका थिए ।
रोमालाई कन्फरेन्स लिगको उपाधि दिलाएपछि उनी निकै भावुक देखिएका थिए ।
मोरिन्हो तीन युरोपियन उपाधि जित्ने पहिलो प्रशिक्षक






-1775932166938.webp&w=3840&q=75)





