रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि
बिहिबार, १२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब रोमाले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १-० ले हराउँदै रोमा च्याम्पियन बनेको हो ।
रोमालाई जित दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे ।
निकोलोले खेलको ३२ औं मिनेटमा गोल गरेका हुन् ।
यससँगै जोसे मोरिन्होले रोमालाई पहिलो मुख्य युरोपियन ट्रफी दिलाएका छन् ।
यस्तै मोरिन्हो तीन वटै युरोपियन प्रतियोगिताको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
यस अघि उनले च्याम्पियन्स लिग र युरोपा लिग जिताईसकेका छन् ।
रोमालाई उपाधि






-1775932166938.webp&w=3840&q=75)





