काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मिडफिल्डर काल्भिन फिलिप्स अनुबन्धको लागि चासो देखाएको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले लिड्स युनाईटेडका मिडफिल्डर अनुबन्धका लागि नजर राखेको हो ।
मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले फेर्नान्डिन्होको विकल्पको रुपमा फिलिप्स अनुबन्धको लागि तयारी गरेको बीबीसीले जनाएको छ ।
सिटीले पछिल्लो समय सेन्टर मिडफिल्डर खोजिरहेको छ ।
फेर्नान्डिन्होले सिटी छाडेपछि सिटीले फिलिप्सलाई उक्त स्थानमा न्याय दिन सक्ने खेलाडीको रुपमा हेरेको छ ।
२६ वर्षीय फिलिप्सले लिड्सका लागि उत्कृष्ट खेलिरहेका छन् । फिलिप्सले इंग्ल्यान्डको राष्ट्रिय टोलीमा समेत स्थान बनाईसकेका छन् ।
सिटीले यसै सिजन युवा स्टार अर्लिङ हालाण्ड अनुबन्ध गरिसकेको छ ।
सिटी फिलिप्स अनुबन्धको योजनालाई समेत सफल बनाउन चाहन्छ ।
यता, फिलिप्स अनुबन्धको लागि म्यानचेस्टर युनाईटेडले पनि चासो राखेको छ ।