काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले डिफेन्डर नोउसेर मज्रोईलाई अनुबन्ध गरेको छ ।
बायर्नले डच क्लब आयाक्सबाट डिफेन्डर नोउसेरलाई अनुबन्ध गरेको हो ।
मोरक्कोका डिफेन्डरले बायर्नसँग चार वर्षको सम्झौता गरेका छन्।
२४ वर्षीय डिफेन्डर फ्री ट्रान्सफरमा जर्मन च्याम्पियन क्लब आएका हुन् ।
नोउसेर २०२६ सम्म बायर्नमा रहने छन् ।
नोउसेरले १६ वर्ष आयाक्समा बिताएर क्लब छाडेका हुन् ।
आयाक्सका लागि उनले ३ लिगको उपाधि र २ डच कप जितेका थिए ।