काठमाडौं । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिग म्यानेजर अफ द इयर अवार्ड जितेका छन् ।
लिग म्यानेजर्स एसोसियसनले क्लोपलाई २०२१/२२ को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गर्दै अवार्ड प्रदान गरेको हो ।
यस्तै क्लोपले द सर एलेक्स फोर्गुसन ट्रफी फर द एलएमए म्यानेजर अफ द इयर अवार्ड समेत जितेका छन् ।
जर्मन प्रशिक्षक क्लोपले लिभरपुललाई यस सिजन एफए कप र काराबाओ कपको उपाधि दिलाएका छन् ।
प्रिमियर लिगमा भने लिभरपुल दोस्रो स्थानमा रह्यो ।
क्लोपको नेतृत्वमा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।