काठमाडौं । इंग्लिस प्रिमियर लिगले अमेरिकी बिलिनियर्स टोड बोहलीको चेल्सी अधिग्रहणलाई अनुमोदन गरेको छ ।
बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी किनेका थिए । जसलाई प्रिमियर लिगको बोर्डले अनुमोदन गरेको हो ।
अब टोडको चेल्सी अधिग्रहणलाई बेलायत सरकारले अनुमोदन गर्नु पर्नेछ । बेलायत सरकारले अनुमोदन गरेपछि चेल्सी खरिद बिक्रीले पूर्णता पाउनेछ ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेचेका हुन् ।
रोमनले २००४ मा चेल्सी किनेका थिए ।