काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले डिफेन्सिभ मिडफिल्डर सालिह ओज्कानलाई अनुबन्ध गरेको छ ।
डर्टमण्डले मिडफिल्डर सालिहलाई एफसी कोल्नबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय मिडफिल्डरले डर्टमण्डसँग चार वर्षको सझौता गरेका छन् ।
टर्किस मिडफिल्डर २०२६ सम्म डर्टमण्डमा रहने छन् ।
डर्टमण्डले उनलाई ५ मिलियन युरोमा अनुबन्ध गरेको बताईएको छ ।
टर्कीका लागि उनले १ खेल खेलेका छन् ।
