काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटमा नेपाल समूह 'बी' मा परेको छ ।
एएफसीले मंगलबार सार्वजनिक गरेको 'ड्र' मा नेपाल समूह 'बी' मा परेको हो ।
नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ ।
यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर 'ड्र' निकालेको हो ।
हरेक समूहको विजेताले उज्वेकिस्तानको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत यू-२० एसियन कप खेल्नेछ ।
एएफसी यू-२० एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
