काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल समूह 'एफ' मा परेको छ ।
एएफसीले मंगलबार सार्वजनिक गरेको 'ड्र' मा नेपाल समूह 'एफ' मा परेको हो ।
नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपे रहेको छ ।
यस समूहको छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
समूह विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् ।
एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ड्र निकालेको हो ।
हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ ।
एएफसी यू-१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
समूह विभाजन -
