एडिन डर्टमण्डको मुख्य प्रशिक्षक नियुक्त
सोमबार, ०९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले एडिन टेर्जिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
डर्टमण्डले सोमबार एडिनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एडिनले डर्टमण्डसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।
डर्टमण्डले मार्को रोसलाई बर्खास्त गर्दै एडिनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
डर्टमण्डले शुक्रबार मुख्य प्रशिक्षक मार्कोलाई बर्खास्त गरेको थियो ।
डर्टमण्डले मार्कोलाई एक सिजनपछि नै बर्खास्त गरेको छ ।
बुन्डेसलिगामा यस सिजन डर्टमण्ड दोस्रो स्थानमा रह्यो ।
एडिन डर्टमण्डको मुख्य प्रशिक्षक नियुक्त






-1775932166938.webp&w=3840&q=75)





