आरसी ३२ लाई हराउँदै झापा शीर्ष स्थानमा
सोमबार, ०९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक 'सी' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार आरसी ३२ फुटबल एकेडेमीलाई २-१ गोल अन्तरले हराउँदै झापा शीर्ष स्थानमा उक्लिएको हो ।
झापाको जितमा पेमा तामाङ र विशाल खवासले एक एक गोल गरे ।
आरसी ३२ का धन सिंह बिकेले एक गोल फर्काए ।
जितसँगै झापाले १० खेलमा २५ अंक जोडेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ ।
आरसी ३२ १० खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।
आरसी ३२ लाई हराउँदै झापा शीर्ष स्थानमा






-1775932166938.webp&w=3840&q=75)





