म्यानुएल नोयाद्वारा सम्झौता नवीकरण
सोमबार, ०९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका गोलकिपर म्यानुएल नोयाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार गोलकिपर नोयाले सम्झौता नवीकरण गरेको जनाएको छ ।
जर्मन गोलकिपर नोया अब २०२४ सम्म बायर्नमा रहने छन् ।
यस सिजनको उपाधि जित्ने क्रममा उनले १० क्लिन सिट राखेका थिए ।
३६ वर्षीय नोया २०११ मा शाल्केबाट बायर्न आएका थिए ।
नोयाले बायर्नका लागि ४ सय ७२ खेल खेलिसकेका छन् ।
म्यानुएल नोयाद्वारा सम्झौता नवीकरण






-1775932166938.webp&w=3840&q=75)





