लिभरपुलले अनुबन्ध गर्यो युवा फरवार्ड
सोमबार, ०९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युवा फरवार्ड फाबियो कार्भाल्होलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले सोमबार १९ वर्षीय फरवार्ड अनुबन्ध गरिएको जनाएको छ ।
लिभरपुलले फुलहमबाट ८ मिलियनमा कार्भाल्होलाई अनुबन्ध गरेको हो ।
कार्भाल्हो जुलाई १ बाट रेड्समा अनुबन्धित हुनेछ ।
सन् २०२१-२२ को सिजन फुलहमका लागि उनले ३६ खेलमा १० गोल गरेका थिए । यस्तै आठ असिस्ट गरेका छन् ।
फुलहमले च्याम्पियनसिपको उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो ।
पोर्चुगिज युवा फरवार्डले पोर्चुगलका लागि यू-२१ टोलीबाट खेलिसकेका छन् ।
लिभरपुलले अनुबन्ध गर्यो युवा फरवार्ड






-1775932166938.webp&w=3840&q=75)





