बार्सिलोनाद्वारा हारबाट सिजनको अन्त्य
सोमबार, ०९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना पराजित भएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना भिल्ला रियलसँग २-० गोलले पराजित भएको हो ।
अल्फन्सो पेड्राजाले ४१ औं मिनेटमा गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५५ औं मिनेटमा मोई गोमेजले गोल गर्दै भिल्लालाई २-० को जित दिलाए ।
यस हारसँगै बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोडेर सिजनको अन्त्य गरेको छ ।
बार्सिलोनाले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको हो ।
यस्तै बार्सिलोनाले पछिल्लो १४ वर्षमा सबैभन्दा कम अंक जोडेर सिजनको अन्त्य गरेको छ ।
भिल्ला रियल ५९ अंक जोडेर सातौं स्थानमा रह्यो ।
बार्सिलोनाद्वारा हारबाट सिजनको अन्त्य






-1775932166938.webp&w=3840&q=75)





