काठमाडौं । बर्नली इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा न्युकासल युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएपछि बर्नली रेलिगेसनमा परेको हो ।
अब बर्नलीले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । बर्नली प्रिमियर लिगमा बढुवा भएको ६ वर्षपछि रेलिगेसनमा परेको हो ।
न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे ।
बर्नलीका म्याक्स्वेल कर्नेटले एक गोल फर्काए ।
यस हारसँगै बर्नलीले ३५ अंक जोडेर १८ औं स्थानमा रह्यो ।
यस अघि नर्विच र वाट्फोर्ड रेलिगेसनमा परिसकेको थियो ।
न्युकासल ४९ अंक जोडेर ११ औं स्थानमा रह्यो ।