काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा चेल्सीले वाट्फोर्डलाई २-१ गोल अन्तरले हराएको हो ।
चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र रोस बार्क्लीले एक एक गोल गरे । वाट्फोर्डका डान गोल्सिङले एक गोल फर्काए ।
जितसँगै चेल्सीले ३८ खेलमा ७४ अंक जोड्यो ।
चेल्सी तेस्रो स्थानमा रह्यो ।
वाट्फोर्ड २३ अंक जोडेर १९ औं स्थानमा रहदै रेलिगेसनमा परेको छ ।
अर्को खेलमा आर्सनलले एभर्टनलाई ५-१ ले हराएको छ ।
आर्सनलको जितमा गाब्रियल मार्टिनेली, इड्डी एनकेटीह, सेड्रिक सोरेस, गाब्रिएल मागल्ही र मार्टिन ओडेगार्डले एक एक गोल गरे ।
एभर्टनका डोनी भान डी विकले एक गोल फर्काए ।
जितसँगै आर्सनलले ६९ अंक जोडेर पाँचौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
एभर्टन ३९ अंक जोडेर १६ औं स्थानमा रह्यो ।
यस्तै टोटेनहमले नर्विच सिटीलाई ५-० ले हराएको छ ।
टोटेनहमको जितमा सन ह्युङ मिन र डिजेन कुलुसेभास्कीले २/२ गोल गरे । ह्यारी केनले एक गोल गरे ।
जितसँगै टोटेनहमले ७४ अंक जोडेर चौंथो स्थान हासिल गरेको छ ।
टोटेनहम च्याम्पियन्स लिगमा समेत छनोट भएको छ ।
म्यानचेस्टर युनाईटेड भने क्रिस्टल प्यालेससँग १-० ले पराजित भएको छ ।