अन्तिम खेलमा लिभरपुलको जित
आइतबार, जेठ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई ३-१ गोल अन्तरले हराएको हो ।
लिभरपुलले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको तेस्रो मिनेटमा नेटोले गोल गर्दै उल्भ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
अन्तिम खेलमा जित निकालेपनि लिभरपुलले उपाधि जित्न सकेन ।
लिभरपुल ९२ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
लिभरपुल म्यानचेस्टर सिटी भन्दा एक अंकले पछि परेको हो ।
उल्भ्स ५१ अंक जोडेर दशौँ स्थानमा रह्यो ।
अन्तिम खेलमा लिभरपुलको जित















