रोहितले पर्सिकबाट इन्डोनेसियाको लिग खेल्ने
आइतबार, जेठ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले पर्सिक कदिरी एफसीबाट इन्डोनेसियाको लिगा वान फुटबल खेल्ने भएका छन् ।
पर्सिकले आइतबार सामाजिक संजाल फेसबुकबाट रोहितलाई अनुबन्ध गरिएको जनाएको छ ।
रोहितले यस अघि पर्सिजा जकार्ताबाट खेलेका थिए ।
तर, रोहितले आइतबार सामाजिक संजालबाट जकार्ता छाडेको जनाएका थिए ।
रोहितले पाँच वर्ष जकार्तामा बिताएर पर्सिक आएका हुन् ।
रोहित २०१७ मा जकार्तामा अनुबन्धित भएका थिए ।
जकार्ताका लागि रोहितले लिगसहित ४ उपाधि जितेका थिए ।
३० वर्षीय रोहितको यो तेस्रो इन्डोनेसियाली क्लब हो ।
रोहितले सुरुआतमा पीएसपीएस पेकान्बारूबाट खेलेका थिए ।
रोहितले पेर्सिकबाट इन्डोनेसियाको लिग खेल्ने















