काठमाडौं । आरबी लाइपजिगले जर्मन कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४-२ ले हराउँदै लाइपजिगले उपाधि जितेको हो ।
लाइपजिगले पहिलो पटक जर्मन कपको उपाधि जितेको हो । क्लब इतिहासमा लाइपजिगको यो पहिलो मुख्य उपाधि समेत हो ।
खेलको निर्धारित र थप अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा लाइपजिगका क्रिस्टोफोर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गरे ।
फ्रेईवर्गका निल्स पिटर्सन र केभिनले गोल गर्दा क्रिस्टियन गुन्टर र इर्मिडिन डेमीरोभिकले गोल गर्न चुकेका थिए ।
पेनाल्टी अघि खेलको १९ औं मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलबाट फ्रेईवर्गले सुरुआती अग्रता बनाएको थियो।

खेलको ५७ औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले रातो कार्ड पाएपछि लाइपजिग १० खेलाडीमा समेटियो ।
तर ७६ औं मिनेटमा क्रिस्टोफोरले एनकुकुले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै अतिरिक्त समयको ११८ औं मिनेटमा केभिन काम्पल दोहोरो पहेलो कार्ड खाएपछि लाइपजिग ९ खेलाडीमा समेटिएको थियो ।
