काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।
शनिबार राति भएको सिजनको आफनो अन्तिम खेलमा युभेन्ट्सलाई फियोरेन्टिनाले २-० ले हराएको छ ।
फियोरेन्टिनालाई जित दिलाउन अलफ्रेड डुनकान र निकोलस गोन्जालेजले एक एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा अलफ्रेडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा निकोलसले गोल गर्दै फियोरेन्टिनालाई २-० को जित दिलाए ।
यस जितसँगै फियोरेन्टिनाले ६२ अंक जोडेर सातौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।
युभेन्ट्सले ७० अंक जोड्दै चौंथो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।