काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर एन्जल डी मारियाले क्लब छाड्ने भएका छन् ।
पीएसजीले मिडफिल्डर डी मारियाले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको छ ।
पीएसजीले अर्जेन्टिनी मिडफिल्डरलाई धन्यवाद व्यक्त गरिसकेको छ ।

डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए ।
३४ वर्षीय डी मारियाले सात सिजन क्लबमा बिताएर पीएसजी छाड्ने भएका हुन् ।
पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका छन् ।
यस्तै १ सय ११ असिस्ट गरेका छन् ।
पीएसजीका लागि उनले १८ उपाधि जितेका छन् ।