काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको आफ्नो अन्तिम खेलमा रोमाले टोरिनोमाथि ३-० को सहज जित निकालेको हो ।
रोमालाई जित दिलाउन टामी अब्राहमले दुई गोल गरे ।
लोरेन्जो पेल्लिग्रेनीको नाममा एक गोल रह्यो ।
खेलको ३३ औं मिनेटमा अब्राहमले गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा अब्राहमले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई २-० को अग्रता दिलाए ।
यससँगै उनी इटालियन सिरी ए मा एकै सिजन सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी समेत बनेका छन् । यस सिजन उनी १७ गोल गर्न सफल भए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा लोरेन्जोले पेनाल्टीबाट गोल गर्दै रोमालाई सहज जित दिलाए ।
यस जितसँगै रोमाले ३८ खेलमा ६३ अंक जोड्यो ।
रोमा छैटौं स्थानमा रह्यो ।
टोरिनो ५० अंक जोडेर ११ औं स्थानमा रह्यो ।