काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिएको छ ।
रियल शुक्रबार राति आफ्नो अन्तिम लिग खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियलले बराबरी खेल्नु परेको हो ।
खेल अघि रियलका खेलाडीलाई बेटिसका खेलाडीले गार्ड अफ अनर दिएको थियो ।
यस बराबरीसँगै रियलले ३८ खेलमा ८६ अंक जोड्यो ।
रियलले चार खेल अगाडी नै उपाधि जितेको थियो ।
बेटिसले ३८ खेलमा ६५ अंक जोड्यो ।
बेटिस पाँचौं स्थानमा रह्यो ।
अर्को खेलमा लेभान्टेले रायो भालेकानोलाई ४-२ ले हराएको छ ।