काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले मुख्य प्रशिक्षक मार्को रोसलाई बर्खास्त गरेको छ ।
डर्टमण्डले शुक्रबार मुख्य प्रशिक्षक मार्कोलाई बर्खास्त गरेको हो ।
डर्टमण्डले मार्कोलाई एक सिजनपछि नै बर्खास्त गरेको छ ।
४५ वर्षीय जर्मन प्रशिक्षक मार्को गत सिजन डर्टमण्डको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
बुन्डेसलिगामा यस सिजन डर्टमण्ड दोस्रो स्थानमा रहेको थियो ।