काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक 'सी' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार मनोहरा युनाईटेडलाई २-० ले हराउँदै झापा शीर्ष स्थानमा उक्लिएको हो ।
झापाको जितमा हरि बहादुर आले मगर र मनिष लिम्बुले एक एक गोल गरे ।
जितसँगै झापाले ९ खेल २२ अंक जोडेको छ ।
मनोहरा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेल स्पोर्ट्स एकेडेमी संघले रानीबन स्पोर्ट्स क्लबलाई ३-२ ले हराएको छ ।
स्पोर्ट्स एकेडेमीको जितमा समन श्रेष्ठ, मनिष आचार्य र सन्देश खवासले एक एक गोल गरे ।
रानीबनका किशन कठायतले दुई गोल गरे ।
जितपछि स्पोर्ट्स एकेडेमीले ९ अंक जोडेको छ ।
रानीबनको १० अंक रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।