काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपालले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एसियन कप छनोट खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
प्रशिक्षण छाड्नेमा रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, बिमल घर्तिमगर, सुमन लामा, सुमन अर्याल र दिनेश राजवंशी रहेका छन् ।
खेलाडीले बन्द प्रशिक्षण छाडेपछि विवादको सत्यतथ्य पहिचान गर्न एन्फाले समिति गठन गरेको थियो ।
नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठित तीन सदस्सीय समितिले बुधबार एन्फालाई प्रतिवेदन बुझाईसकेका छन्।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
नेपाली टोली :
गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी
फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ
र.. यो पनि ....
अलमुताइरी हटाउन छानविन समितिको सिफारिस