• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
अलमुताइरी हटाउन छानविन समितिको सिफारिस
खेलपाटी संवाददाता
शुक्रबार, जेठ ६, २०७९ खेलपाटी संवाददाता
अलमुताइरी हटाउन छानविन समितिको सिफारिस

काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । 

अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो । 

खेलाडी प्रशिक्षक विवादको छानविन गर्न एन्फाको कार्यसमिति बैठकले भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समिति गठन गरेको थियो ।

राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले एफसी कप छनोटको बन्द प्रशिक्षण छाडेर बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो । उपकप्तान रोहित चन्द सहितका खेलाडीले प्रशिक्षणको क्रममा राम्रो बस्न र खानको प्रबन्ध गर्न अनुरोध गरेपछि प्रशिक्षक अलमुताईरीले चन्दलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए । 

अलमुताईरी र खेलाडी विवाद : छानबिन समितिले प्रतिवेदन बुझायो

रोहितको माग सबै खेलाडीको आवाज रहेको भन्दै सिनियर खेलाडीले उपकप्तानको कुनै गल्ती नरहेको प्रशिक्षकसँग भनेका थिए । खेलाडीले प्रशिक्षणको दौरान राम्रो प्रबन्धका लागि उपकप्तानलाई बोल्नका आफुहरुलेनै आग्रह गरेको धारणा प्रशिक्षकसँग राखेपछि अलमुताईरीले अपशब्द प्रयोग गरि थप सिनियर ९ खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेका थिए ।

छानविन समितिले एएफसी कप छनोटको समापनसँगै कतारसँग परामर्श गरेर प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव दिएको हो । समितिले प्रशिक्षक आफै अस्वस्थ रहेको बयानको क्रममा बताएको उल्लेख गर्दै वर्तमान प्रशिक्षक अलमुताईरी जिम्मेवारी सम्हाल्न सक्षम नभएको समेत औल्याएको छ । एन्फा स्रोतका अनुसार प्रशिक्षक दायरा भन्दा बाहिर गएर खेलाडीको नीजि जिवनमा हस्तक्षप गरेको प्रतिवेदनमा उल्लेख छ ।  

छानविन समितिले घटनाको मुख्य दोषी व्यवस्थापक रहेको ठहर समेत गरेको छ । घटनाको क्रममा व्यवस्थापक घटना स्थलमा नभएको र जिम्मेवारी समेत बहन गर्न नसकेको उल्लेख गर्दै समितिले राष्ट्रिय टिमको व्यवस्थापक परिवर्तन गर्न सुझाव दिएको छ । 

वर्तमान राष्ट्रिय टिमको व्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन् । व्यवस्थापकको रुपमा भन्दा अलमुताईरीको सहयोगीको रुपमा खटन पटन गरेको भन्दै उनको आलोचना हुने गरेको छ । विवादलाई समयमै निरुपण गर्न नसकेका कारण ठुलो रुप लिएको छानविन प्रतिवेदनले औल्याएको छ । 

समितिले प्रशिक्षकले बारम्बार अमर्यादि शब्द प्रयोग गरेर खेलाडीलाई बन्द प्रशिक्षणबाट निस्कन बाध्य बनाएको समेत प्रतिवेदनमा उल्लेख छ । खेलाडीले संयमता गुमाएर राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर गल्ती गरेको समितिले ठहर गरेको छ ।  

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP