काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर चेल्सीले लेस्टरसँग अंक खोसेको हो ।
खेलको छैटौं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३४ औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै चेल्सीले ३७ खेलमा ७१ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
लेस्टर ४९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई ३-२ ले हराएको छ ।
त्यसतै एस्टन भिल्ला र बर्नलीले १-१ गोलको बराबरी खेलेका छन् ।