काठमाडौं । भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसिया फुटबल फेडेरेसनले बिहीबार साफ यू-२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
खेल तालिका -
