काठमाडौं । रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच मार्का लेजेण्ड अवार्ड हात पारेका छन् ।
स्पेनिस पत्रिका मार्काले क्रोएसियन मिडफिल्डर मोड्रिचलाई अवार्ड प्रदान गरेको छ ।
मार्काले रियलमा मोड्रिचको उत्कृष्ट करियरको आधारमा अवार्ड प्रदान गरिएको जनाएको छ ।
मोड्रिच सन् २०१२ मा रियल आएका थिए ।
रियलका लागि उनले १९ मुख्य उपाधि जितिसकेका छन् ।
उनले रियलका लागि ४ च्याम्पियन्स लिग, ४ क्लब विश्वकप, ३ ला लिगा, ३ यूईएफए सुपर कप, ४ स्पेनिस सुपर कप र १ कोपा डेल रे हात पारेका छन् ।
मोड्रिचले २०१८ मा बालोन डी ओर समेत जितेका थिए ।