एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा स्प्यानयोल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा एट्लेटिको बिल्बाओलाई १ - ० ले हराएर स्प्यानयोल दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा स्प्यानयोललाई जित दिलाउन बोर्जा इग्लीजायासले निर्णायक गोल गरे । खेलको ४१ औं मिनेटमा इग्लीजायासले गोल गर्दै घरेलु टोलीलाई साँघुरो जित दिलाएका हुन् ।
जितसंगै स्प्यानयोलले ११ खेलबाट २१ अंक जोडेको छ । र, सेभियालाई १ अंकले पछि पार्दै स्प्यानयोल लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
स्प्यानयोल लिगको शीर्ष स्थानको बार्सिलोना भन्दा ३ अंकले पछि छ । ११ खेलबाट १० अंक जोडेको बिल्बाओ १७ औं स्थानमा छ ।