काठमाडौं । नेपाल र पाहुना टोली जिम्बावे 'ए' विरुद्धको दोस्रो टी-ट्वान्टी खेल नतिजा विहीन सकिएको छ ।
टियु क्रिकेट मैदानमा परेको भारी वर्षाको कारण खेल रद्द भएको हो ।
वर्षाले खेल रोकिनु अघि जिम्बावेले ब्याटिङ गरिरहेको थियो ।
जिम्बावेले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।

यस अघि आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।
सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
