काठमाडौं । नेपालले पाहुना टोली जिम्बावे 'ए' विरुद्धको दोस्रो टी-ट्वान्टीमा सुरुआतमा बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेपछि जिम्बावेले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
आज नेपाल जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।
जिम्बावे भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । र, जिम्बावे सिरिज आफ्नो बनाउन चाहन्छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो।
सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालको सुरुआती-११
