काठमाडौं । लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।
मुम्बईमा आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ रनले हराउँदै लखनउ दोस्रो स्थानमा उक्लिएको हो ।
लखनउले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषव पन्तले ४४ रन जोड्दा अक्षर पटेलले अविजित ४२ रन बनाए । मिचेल मार्शले ३७ रन जोड्दा रोभम्यान पावेलले ३५ रन जोडे ।
कुलदिप यादव १६ रनमा अविजित रहे ।
लखनउका मोशिन खानले ४ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो ।
लखनउका लागि कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ खेले । दिपक होडाले ५२ रनको इनिङ खेल्दा क्विनटन डीककले २३ रन जोडे ।

दिल्लीका सार्दुल ठाकुरले ३ विकेट लिए ।
जितसँगै लखनउले १० खेलमा १४ अंक जोडेको छ ।
दिल्ली ९ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।