काठमाडौं । पहिलो टी-ट्वान्टीमा नेपालले पाहुना टोली जिम्बावे 'ए' लाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाए ।
यस्तै कुशल भुर्तेलले ४६ रन जोडे ।
रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।
आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भए ।
करण केसी ४ रनमा अविजित रहे ।

जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे,ब्राण्डन माभुता र जोन मासराले १/१ विकेट लिए ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो ।
सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।
टी-ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।