काठमाडौं । पहिलो टी-ट्वान्टीमा नेपालले पाहुना टोली जिम्बावे 'ए' विरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा जिम्बावेमा टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो । नेपाल र जिम्बावे 'ए' बीचको खेल १ बजे सुरु हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।
जिम्बावे 'ए' पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ ।
नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।
टी-ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालको सुरुआती -११
कुशल भुर्तेल, आशिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,आदील अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा