काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन् ।
आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीको खेल ३:४५ बजे सुरु हुनेछ ।
आज दिल्ली पाँचौं जितको खोजीमा रहेको छ ।
दिल्ली ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यस्तै दिल्ली लखनउविरुद्ध अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
यस अघिको भेटमा लखनउले दिल्लीलाई ६ विकेटले हराएको थियो ।
लखनउ दिल्लीविरुद्धको जितलाई कायम राख्न चाहन्छ ।
लखनउ ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ ।
दोस्रो खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। यस खेल राति ७:४५ बजे सुरु हुनेछ ।