काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को साविक विजेता चेन्नई सुपर किङ्सको कप्तानीमा महेन्द्र सिंह धोनी नियुक्त भएका छन् ।
चेन्नईले शनिबार धोनीलाई कप्तान चयन गरिएको जनाएको छ । यस सिजन रविन्द्र जडेजाले कप्तानी गर्दै आएका थिए।
तर, जडेजाले धोनीलाई कप्तानी सुम्पिएको क्रिकइन्फोले जनाएको छ ।
चेन्नईले यसै सिजन जडेजालाई कप्तान नियुक्त गरेको थियो ।
जडेजाको कप्तानीमा चेन्नईले यस सिजन मात्र २ खेलमा जित निकालेको छ ।
चेन्नई ८ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।