काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आठौं जित निकालेको छ ।
मुम्बईमा शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै गुजरातले आठौं जित निकालेको हो।
बैंगलोरले दिएको १ सय ७१ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमा राहुल टेवाटियाले अविजित रहदै ४३ रन जोडे । डेभिड मिलर ३९ रनमा अविजित रहे ।
सुबमन गिलले ३१, रिद्दिमान शाहले २९ र साई सुदर्शनले २० रन बनाए ।
बैंगलोरका शाहबाह अहमेद र वानिन्दु डी सिल्भाले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन जोडेको थियो ।
बैंगलोरका लागि विराट कोहलीले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा रजत पाटीदारले ५२ रनको अर्धशतकीय इनिङ खेले । ग्लेन म्याक्सवेलले ३३ रन जोडे ।
गुजरातका प्रदिप सङवानले २ विकेट लिए ।

यस जितसँगै शीर्ष स्थानको गुजरातले ९ खेलमा १६ अंक जोडेको छ ।
बैंगलोर १० खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।