काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे 'ए' विरुद्धको टी-ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको टी-ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।
नेपालले जिम्बावे 'ए' विरुद्ध भोलि आइतबार पहिलो टी-ट्वान्टी खेल खेल्दैछ ।
एकदिवसीयका लागि नेपालले यस अघि नै टिमको घोषणा गरिसकेको छ ।
नेपाली टोली -
सन्दीप लामिछाने, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदील अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, शाहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमेद, लोकेश बम, भिम सार्की