काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे 'ए' बीचको टी-ट्वान्टी र एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका परिवर्तन भएको जनाएको छ ।
अब नेपाल र जिम्बावे 'ए' बीच सुरुआतमा टी-ट्वान्टी सिरिज हुनेछ ।
टी-ट्वान्टीपछि एकदिवसीय सिरिज हुनेछ ।
यस अघिको तालिका अनुसार सुरुआतमा एकदिवसीय र त्यसपछि टी-ट्वान्टी हुने तालिका रहेको थियो ।
नेपाल र जिम्बावेबीचको पहिलो एकदिवसीय आज शनिबार हुने तय थियो ।
तर, वर्षाको कारण नेपाल र जिम्बावे 'ए' बीचको खेल टस समेत नभई स्थगित भएको थियो ।
नयाँ तालिका अनुसरा पहिलो टी-ट्वान्टी आइतबार हुनेछ ।
नयाँ खेल तालिका -
