बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै - मन्त्री गहतराज

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै - मन्त्री गहतराज

२०२२ अप्रिल २८, बिहिबारनारायण क्षेत्री

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै - मन्त्री गहतराज

पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना हुने बताएका छन् ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गहतराजले जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशमा प्रतियोगिता आयोजना हुने बताए ।

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटन समेत खेल पदाधिकारीहरुलाई आग्रह गरे । उनले उपाधि जित्ने लक्ष्यसहित तयारी थाल्न पनि सवै प्रदेशका खेलाडीहरुलाई आग्रह गरे ।

नवौं राष्ट्रिय खेलकुदबाट नै एसिएन गेमकालागि खेलाडीहरु छनोट गर्नुपर्ने भएकाले पनि निर्धारित समयमै प्रतियोगिता आयोजना गर्नुको विकल्प नरहेको उनले बताए । खेलकुदको विकास जुन स्तरमा हुनुपर्ने हो त्यसो हुन नसकेको उल्लेख उनले आर्थिक, प्राविधिक र नीतिगत रुपमा मन्त्रालयले सपोर्ट गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषद् ­(राखेप) का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा सात वटै प्रदेश, विभागीय टिम र गौर आवासीय नेपाली संघ (एनआरएन) गरी ७ हजार खेलाडी र ३ हजार अफिसियलहरु गरी १० हजारको सहभागिता रहने बताए । ११ जिल्लामा ३६ खेल आयोजना हुने उनले बताए । दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने पनि सदस्य सचिव घिसिङले बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयले आवश्यक बजेट प्रस्ताव गरिसकेको र अर्थमन्त्रालयबाट छिटै नै पारित हुने उनले बताए । उनले प्रदेश र स्थानीय तहबाट पनि आर्थिक सहयोग भए प्रतियोगिता व्यवस्थित गर्न थप मद्दत पुग्ने उल्लेख गरे । गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले नवौं खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्न पाउँदा समग्र प्रदेशवासी नै गौैरवान्वित भएको बताए ।  

खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा कम लगानी भएकाले प्रतिफल राम्रो हुन नसकेको भन्दै बजेट विनियोजन गर्दा सरकारले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने बताए । खेलकुदमा आफ्नो समग्र जीवन व्यतित गरेका खेलाडीहरुको अवस्था गर्व गर्न लायक नभएको बताउँदै गुरुङले खेलकुदलाई कसरी हेर्ने भन्ने विषयपनि नवौं राष्ट्रिय खेलकुदले स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरीप्रसाद पराजुलीले मञ्चकोतर्फबाट खेलकुद सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा खेलाडीहरुले राष्ट्रको लागि आफूहरु लामो समय सम्म खेलेपनि राज्यस्तरबाट कुनैपनि सहयोग र सम्मान नपाएको भन्दै गुनासो गरेका थिए । 

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै - मन्त्री गहतराज
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास