बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

अलमुताईरीविरुद्ध सिनियर खेलाडीको बिद्रोह 

बुधबार, १४ बैशाख २०७९खेलपाटी संवाददाता
अलमुताईरीविरुद्ध सिनियर खेलाडीको बिद्रोह 
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सिनियर १० जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीविरुद्ध बिद्रोह गरेका छन् । 

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै सियिनर टिममा १० खेलाडीले अलमुताईरीविरुद्ध बिद्रोह गरेका हुन् । 

आफुहरुप्रति निकै अनुदार व्यवहार प्रर्दशन गरेको भन्दै खेलाडीले बन्द प्रशिक्षणनै छाडेर हिडेका छन् । एन्फाले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले प्रशिक्षण छाडेर बाहिरिएका हुन् । 

सुरुवातमा राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए । प्रशिक्षणको क्रममा राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै उनले प्रशिक्षकसँग गुनासो गरेका थिए । खेलाडीको गुनासोसँगै एन्फाले त्रिपुरेश्वरस्थित एक होटलमा खेलाडीलाई राखेको थियो । खेलाडीले समेत दशरथ रंगशालामा नियमित प्रशिक्षण गर्न थालेका थिए । 

आफ्नो सुविधाका विषयमा सिनियर खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दुरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए । चन्दले बिदा लिदा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै अन्य सिनियर खेलाडीले समेत होटल छाडेर हिडेका छन् । 

खेलाडीलाई आफ्नो निहित स्वार्थका लागि प्रयोग गर्ने स्वभावका कारण अलमुताईरी आलोचित थिए । खेलाडीलाई होच्चाउने, देशलाई कमजोर र नकारात्मक तरिकाले प्रस्तुत गर्ने अलमुताइरीको स्वभाव रहदै आएको खेलाडीको गुनासो थियो । 

एन्फा स्रोतका अनुसार रोहित सहित ९ जना खेलाडीले क्लोज क्याम्प छाडेको पुष्टि गरे । स्रोतका अनुसार विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, बिमल घर्तिमगर लगायतका खेलाडीले होटल छाडेर हिडेका छन् । सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि त्यसको बदलामा अलमुताईरीले जुनियर १४ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् । 

‘सिनियर खेलाडी आएपनि राख्दिन ।’ अलमुताइरीको भनाई उद्धित गर्दै स्रोतले भने, ‘यि खेलाडीले एसिया कप पार लगाउन सक्दैनन् । बरु नयाँ खेलाडीलाई मौका दिएर मेहनत गर्न सिकाउँछु ।’ 
 

Bajaj Pulsar Motorcycle Ad
#अलमुताईरी बिद्रोह

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड