बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

‘जोस’ अर्थात जस बटलर

आइतबार, बैशाख ११, २०७९खेलपाटी संवाददाता
‘जोस’ अर्थात जस बटलर
Classic Tech Internet Ad

काठमाडौं । यसपल्टको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोही एक खेलाडी आफ्नो खेल जीवनकै उत्कृष्ट लयबाट गुज्रिरहेका छन् भने ती हुन्, इंग्लिस ब्याट्र जस बटलर । उनको प्रदर्शनबाट निकै प्रभावित हुनेमा एक रहेका छन्, सचिन तेन्दुलकर । बटलरले भर्खरै तेस्रो शतक बनाए र त्यस लगतै तेन्दुलकरले उनलाई उल्लेख गर्दै ट्विट गर्दै खालि एक शब्द लेखे, ‘जोस’ । अर्थात केही गरेर देखाउने शक्ति ।

आईपीएलका एकै संस्करणमा तीन शतक बनाएपछि उनले के पनि सिद्ध गरेका छन् अहिले तत्कालका लागि ट्वान्टी ट्वान्टी क्रिकेटमा उनी जत्तिको ब्याटर छैन् । राजस्थान रोयल्सका लागि उनले दिल्लीविरुद्धको खेलमा ६५ बलमै १ सय १६ रन बनाए । यसपल्ट उनले समग्रमा ४ सय ९१ रन बनाइ सके, जसमा अन्य दुई शतक पनि पर्छन् । उनी अब एकै सिजन विराट कोहलीले बनाएको कीर्तिमान ९ सय १३ रनलाई पछ्याइरहेका छन् ।

संयोगले अहिले लय गुमाएका कोहलीले त्यो प्रदर्शन सन् २०१६ मा गरेका थिए । आफ्नो प्रदर्शनलाई लिएर बटलको प्रतिक्रिया रहेको छ, ‘मलाई लाग्छ, म आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा छुं र यसलाई कायम राख्न चाहन्छुं ।’ खासै धेरै बोल्न नरूचाउने ३१ वर्षीय बटलरले १७ वर्षको किशोर छँदा एकपल्ट २ सय २७ रन बनाएर नटआउट रहेका थिए, स्कुल क्रिकेटमा । त्यसयता उनले लामो बाटो तय गरिसके । 

धेरै अगाडि होइन्, गत वर्ष मात्रै उनको टेस्ट जीवनलाई लिएर अनेक प्रश्न उठेका थिए ।  अष्ट्रेलियाविरुद्धको ऐसज सिरिजमा उनले चार खेलमा १ सय ७ रन बनाए । नतिजा, उनी वेस्ट इन्डिज भ्रमणमा निस्केको इंग्ल्यान्ड टिमबाट बाहिर फ्यालिए । उनी ट्वान्टी ट्वान्टी क्रिकेटका भने निकै मज्जाका खेलाडी हुन्, यसमा भने कुनै शंका छैन् । अहिलको प्रदर्शनले देखाएको छ, उनी सीमित ओभरको खेलका ‘जोस’ नै हुन् ।

इंग्ल्यान्डका पूर्व कप्तान माइकल भनले हालै ट्विट गर्दै लेखेका छन्, ‘जसरी बटलरले अहिले ब्याटिङ गरिरहेका छन्, त्यसको छेउछाउ त अहिले कोही पनि छैनन्, वास्तवमै उत्कृष्ट छन्, उनी ।’ सन् २०११ मा उनले इंग्ल्यान्डका लागि ट्वान्टी ट्वान्टी क्रिकेटमा डेब्यु गरेका थिए । म्यानचेसटरमा भएको त्यो खेल भारतविरुद्ध नै थियो । सन् २०१९ मा इंग्ल्यान्डले वान डे विश्वकप जित्दा बटलर टिमका प्रमुख सदस्य थिए ।

Jos Buttler

उनले वान डे क्रिकेटमा नौ शतक पनि प्रहार गरिसके । तर पनि उनले ट्वान्टी ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डका लागि धेर गर्न सकेका थिएनन् । तर अहिले उनी राजस्थान रोयल्सका लागि वास्तवमै उत्कृष्ट प्रदर्शन गरिहेका छन् । गत वर्षको ट्वान्टी ट्वान्टी विश्वकपमा उनले खालि श्रीलंकाविरुद्ध मात्र शतक बनाए । तर देश र आफ्नो अलगै टिमका लागि एक खेलाडीको प्रदर्शनमा धेरै फरक हुने रहेछ ।

जस्तो, कोहलीले अहिलेसम्म आईपीएलमा पाँच शतक बनाइसके, तर भारतका लागि भने कुनै शतक बनाउन सकेका छैनन् । बटलर इंग्ल्यान्डमा ल्यान्कसायरका लागि विकेट किपिङ पनि गर्छन् । तर अहिले राजस्थान रोयल्सका लागि यो विशेषज्ञ भूमिका पनि छैनन्, तर उनको महत्त्व बुझेर नै होला, यो फ्रान्चाइज टिमले उनलाई १३ लाख डलर तिरेको छ । त्यसलाई न्याय गर्दै उनले यसपल्ट बनाएका छन्, ३५, १००, ७०, १३, ५४, १०३ र ११६ रन ।

त्यसमा ३२ छक्का र ४१ चौका सामेल छ । राजस्थान रोयल्सका निर्देशक र प्रमुख प्रशिक्षक हुन्, कुमार संगकरा । उनी भन्छन्, ‘बटलरको सबैभन्दा ठूलो विशेषता भनेकै उनी खेललाई निकै नजिकबाट बुझ्न सक्छन्, त्यसै अनुसारलाई आफूलाई प्रस्तुत गर्छन् । को बलरविरुद्ध कति बेला रन बनाउनु पर्छ, उनलाई राम्रोसँग थाहा छ । एउटा टिमले कोही खेलाडीबाट यो भन्दा ठूलो के नै अपेक्षा गर्ने हो र ?’

–एएफपीको सहयोगमा ।

 

Bajaj Pulsar Motorcycle Ad
‘जोस’ अर्थात जस बटलर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो